एनसेलले ल्यायो नयाँ डाटा प्याक

काठमाडौं । दूरसंचार सेवा प्रदायक निजी कम्पनी एनसेलले नयाँ डाटा प्याक अफर योजना ल्याएको छ । ‘फ्युल योर फन’ योजनाअन्तर्गत ग्राहकका लागि अल टाइम डाटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डाटा प्याक ल्याएको जनाएको छ ।
यस नयाँ ‘सही’ डाटा प्याकमा ग्राहकले विद्यमान अल टाइम डाटा प्याकभन्दा १० गुणा बढी डाटा प्राप्त गरी सुलभ दरमा २४ सैं घण्टा इन्टरनेटको पहुँचका साथै बोनस स्वरुप दैनिक एक घण्टा निःशुल्क भिडियो स्ट्रिमिङको मजा लिन सक्ने कम्पनीले जनाएको छ । ‘सही’ डाटा प्याक यहीँ चैत २९ गतेदेखि लागू हुनेछ ।
यो डाटा योजनाअन्तर्गत एनसेलका ग्राहकले ५१२ एमबीदेखि १५ जीबीसम्म एक दिनदेखि ३० दिनसम्म २४ सैं घण्टा चलाउन सक्ने गरी अल टाइम डाटा प्याक ३९ देखि सात सय ९९ रुपैयाँमा चलाउन सक्नेछन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com