समृद्धिका लागि भारतसँगको सम्बन्ध अपरिहार्य छ : दीपकुमार उपाध्याय

भारतका लागि पूर्वराजदूत

० भर्खरै सकिएको प्रधानमन्त्रीको भारत भ्रमण कति सकारात्मक रहेको छ ?

— भ्रमण सकारात्मक नै छ । कूटनीतिक भनेको यस्तो विषयवस्तु हो, यो जहिले पनि सकारात्मक नै हुन्छ । कुनै पनि भ्रमण असफल भयो भन्ने त सुनिदैन नि ? त्यसैले प्रधानमन्त्रीको भारत भ्रमण पनि सफल नै भन्नुपर्छ । अहिले परिस्थिति बदलिएको छ, नेपालमा स्थायित्व होला भन्ने आशा लिएका छौँ । भारतको पनि नेपालसँग सम्बन्ध सुधार गर्नुपर्ने बाध्यता छ । आर्थिक समुन्नतिकै लागि पनि नेपाल–भारतबीच धेरै कुराहरू हुनसक्थ्यो तर त्यो सकेन । त्यसलाई सुधार्ने क्रममा लाग्नुपर्छ । कुनै पनि नेताले गरेको कुरालाई मैले गरेको भन्नु हुँदैन । हामीले गरेको, हाम्रो देश र हाम्रो जनता भन्नुपर्छ । देश र जनताले लाभ कति पाउँछ त्यो त समयले देखाउँछ । हामीले हाम्रो तर्फबाट एकदम सकारात्मक पहल गरेका छौँ ।


० प्रधानमन्त्री भएसँगै सबैको पहिलो भ्रमण भारत नै हुने गर्दछ, यसअर्थमा पनि यो भ्रमण औपचारिकताको लागि मात्र हो कि नेपाल–भारत सम्बन्धलाई नयाँ आयाम दिने काम ग¥यो ?
— दुईटा नेताको इच्छाशक्ति, आपसी सद्भाव र विश्वासमा भर पर्ने कुरा हो । कूटनीतिमा नराम्रो कुरा केही हुँदैन । त्यसैले राम्रो नै हुन्छ । नेपालले कला कौशल चातुर्यता देखाउन सक्नुपर्छ राष्ट्रको हितमा । त्यो हामीले अपेक्षा गरौँ । भारतीसँग हाम्रो व्यापार घाटा रहेको छ , नेपालमा उत्पादित वस्तु निर्वाध रूपमा भारतमा जान नसकेको जस्ता हाम्रा पुराना समस्याहरू छन् । यी समस्यालाई समाधानको लागि अगाडि बढाउन जरूरी छ । त्यसमा प्रयास हामीले पनि गर्नुपर्दछ । किनभने भारत ठूलो देश हो । हाम्रो समस्या उसको प्राथमिकतामा नहुन सक्छ । उसले सद्भाव देखाएको छ, त्यो नै हाम्रो लागि ठूलो कुरा हो । अब नयाँ विश्वासको वातावरण बनाएर अगाडि जानेछ भन्ने आशा गरौँ ।


० सरकारका प्रतिनिधिले यो भ्रमणलाई सम्बन्ध सुधारको रूपमा व्याख्या गरेका छन् । के सम्बन्ध बिग्रिएरै सुधारका लागि नै भ्रमण भएको हो त ?
— नेपाल–भारत सम्बन्ध त्यति बिग्रिहालेको भन्न मिल्दैन । जनतादेखि इतिहास, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको सम्बन्ध रहेको छ । नेताहरू बीचमा शंका थियो भने त्यसलाई विश्वासको वातावरण बनाउने कुरामा लाग्नुपर्छ । एक हातले ताली बज्दैन । हामी सँधै अरूलाई मात्र दोष दिन्छौँ । समस्या समाधानको लागि नेपाल र भारत दुवैले समान प्रयास गर्नुपर्दछ । त्यसपछि बल्ल सम्बन्धको सार्थकता हुन्छ ।


० भारतसँग विश्वासको वातावरण बनाउन प्रधानमन्त्रीको भ्रमण कति सार्थक रह्यो त ?
— पहिला पहिला एकतर्फी भ्रमण मात्र हुन्थ्यो । नेपालबाट भ्रमणको लागि भारत जाने तर भारतबाट कोही नआउने हुनथ्यो । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी भएपछि उच्चस्तरीय नेपाल भ्रमण हुन थालेको छ । प्रधानमन्त्री, मन्त्री, सांसदहरूबीच धेरै समयसम्म द्विपक्षीय बैठकहरू हुन सकेन । चाहे हाम्रो सम्बन्ध ऐच्छिक होस् । पहिला बिग्रेको थियो सम्बन्ध भन्ने होइन । सम्बन्ध त बिग्रेकै थिएन त्यसलाई निरन्तरता दिन लागिएको मात्र हो । एउटा नेताले या एउटा सरकार गएर निर्णय गरेर तुरून्त हुने कुरा होइन यो । यो त निरन्तरतामा चलेको हुनुपर्छ र हामीले पनि त्यसै गरी बुझ्नुपर्दछ । अहिले भारतले पनि नेपालको राजनीतिक स्थिरता र समुन्नति चाहेको छ र त्यसैमा भविष्य देखेको छ भने मित्रराष्ट्र चीनले पनि त्यहि खोजेको छ । यो नेपालको लागि ठूलो अवसर हो । त्यसकारण दुवै मित्र देशहरूसँग सन्तुलित रूपले हामी जानुपर्छ । मुख्यतः पानीका विषयमा जस्तै पञ्चेश्वर, अरूण जस्ता योजनाहरू छन् । हामीसँग अरू पनि धेरै योजनाहरू छ । हामीले पनि आफूले कबुल गरेका कुराहरू पूरा गर्न सक्नु पर्दछ ।


० प्रधानमन्त्रीको यो भ्रमणलाई कसरी लेखाजोखा गरिएला त ?
— यसमा आ–आफ्नो सोचाइ हुन्छ । कसैले नकारात्मक देख्छ भने कसैले सकारात्मक रूपमा लिन्छ । यसको यथार्थ धरातलमा पुगेर विश्लेषण गर्नका लागि केहि समय पर्खनुपर्छ । जनताले देखिने हिसाबबाट परिवर्तन आएको हुनु पर्छ । पानीको बहुउपयोगितामा भारत सकारात्मक देखिएको छ । जस्तै पिउने पानीदेखि लिएर सिँचाईका लागि, बाढी तथा डुबानका समस्या । पानीको प्रबन्ध गर्न नसकेर नेपालको तराईदेखि हामी सबैका लागि पानी आज अभिसाप भएको छ । त्यस्तै भारतको पनि उत्तरप्रदेशमा हामी जस्तै समस्या रहेको छ । पानीलाई हामीले बहुउपयोग गर्न सक्यौं, प्रबन्ध गर्न सक्यौं भने नेपाल मात्र होइन, भारतको पनि समस्या हटेर जान्छ । त्यस्तै रेलको कुरा छ, काठमाडौंसम्म रेल ल्याउने कुरा भएको छ । यो हाम्रो सैद्धान्तिक सहमति हो । त्यसको लागि नेपाल नै लाग्नुपर्दछ, सहयोग गर्नुपर्दछ । कुनै पनि किसिमका बाधा अवरोध हाम्रातर्फबाट आउन दिनु हुदैन । यी कुराहरूको एकतामा हामीले ध्यान दिनुपर्छ ।


० आगामी दिनमा यो भ्रमणले दुई देशको सम्बन्धलाई कसरी अगाडि बढाउन मद्दत गर्छ ?
— दुवै पक्ष सकारात्मक हुनुपर्दछ । भारत र नेपाल एक अर्कोको बाध्यता हो । किनभने नेपाल र भारतको बीचमा अझै राम्रो सम्बन्ध बनाउनु एक मात्र विकल्प हो, अरू विकल्प छैन । यो कुरा हामी दुवैले बुझ्नुपर्दछ ।


० भारतको दृष्टिकोणबाट यो भ्रमण कति सार्थक भएको मान्नु हुन्छ ?
— कूटनीतिक रूपमा सफल भए पनि वास्तविक कुरा जान्नको लागि केही समय प्रतिक्षा गर्नै पर्ने हुन्छ । भारत सरकारको राजनीतिक नेतृत्व तहमा नेपालको सम्बन्धदेखि नयाँ आयाम दिनुपर्दछ । खासगरी व्यापार, राजनीतिकका विषयमा भारतले हामी भन्दा निकै अगाडी फड्को मारेको छ । त्यो लाभ नेपालले पनि लिनुपर्दछ र हामी भारतबाट आउने लाभ लिन तयार हुनुपर्छ । भारतका तर्फबाट हुने ढिलाई लाई हामी स्वीकार्न तयार छौँ । यसबाट द्विपक्ष्ीाय सम्बन्धलाई अगाडि बढाउन मद्दत पु¥याउँछ । आन्तरिक रूपमा रहेका कुनै पनि समस्यालाई समाधान गरेर तोकिएको समयावधि भित्र योजनाहरूलाई अगाडि बढाउने कुरामा हामी सचेत हुनुपर्छ ।


० प्रधानमन्त्री भ्रमणका क्रममा नेपालको आन्तरिक विषयमा कुरा भएको छैन । यसलाई नेपालको सफलता मान्नुपर्छ कि भारतले कोर्स कलेक्सन गरेको हो ?
— हुन त हामी पनि हिनताबोधमा बढी रूमल्लिएका हुन्छौँ । किनभने नेपाल सार्वभौम देश हो भन्ने कुरा उसले बिर्सिएको छ र ? छैन नि, तर सार्वभौम देशको सोच, परिकल्पना, संकल्प त हामीले लिन सक्नुपर्दछ । हाम्रो आन्तरिक समस्यालाई हामी आपैm समाधान गर्न सक्दैनौँ, आपसमा मिल्न मिलाउन सक्दैनौँ तर दोष भने हामीलाई अरूलाई थोपर्छौँ । त्यो हाम्रो पनि त्रुटी नै हो । त्यसमा हामी सच्चिनु पर्दछ । हामी सच्चिसकेपछि मित्र राष्ट्र भारतले पनि हाम्रो आन्तरिक मामलामा बोल्नुपर्ने आवश्यकता हुँदैन । नेपालको संविधानलाई भारतले समर्थन गरेन भन्छन्, तर म त भन्छु किन समर्थन गर्ने ? एउटा सार्वभौम देशमा अरूको समर्थन किन खोज्ने ? संविधान जारी गर्ने बेलामा अलिकति सानो विषयले गर्दा कति दुःख झेल्नु प¥यो । पहिलेका कुराहरू बिर्सिएर अबका दिनमा सँधै सकारात्मक हुनुपर्छ भन्ने हाम्रो दृष्टिकोण रहेको छ ।


० विगतमा भारतले संविधानप्रति असन्तुष्टि जनाएको हुँदा केपी ओली पहिलो पटक प्रधानमन्त्री भएर भारत भ्रमणमा जाँदा संयुक्त विज्ञप्ति पनि जारी भएन तर अहिले भने त्यस्तो भएन किन होला ?
— संघीयता, संघीय संरचना, निर्वाचनका कुराहरू छन् । हामी सँधै सकारात्मक हुनुपर्छ । भारतले कहिल्यै पनि नकारात्मक टिप्पणी ग¥यो, समर्थन गरेन भन्न जरूरी नै छैन । नेपालमा भएको तीन तहको निर्वाचनलाई नेपाली जनताले गरेको यो ठूलो सफलतालाई भारतले लिए पछि अरू त के नै बाँकी छ र । तर देशभित्रको समस्या त हाम्रो आन्तरिक मामिला हो । त्यसको समाधान हामीले गर्नुपर्दछ । संविधान संशोधनलगायतका समस्याहरू हाम्रा आन्तरिक मामिलाका विषयहरू हुन्, त्यो हामी आफैले समाधान गर्नुपर्दछ । त्यसमा बाहिरका शक्तिहरूलाई किन सम्बन्ध बनाउने ? त्यसैले हाम्रा समस्यालाई हामी आफैले समाधान गर्ने अठोट र संकल्प लिएर जानुपर्दछ ।


० दुवै देशका प्रधानमन्त्रीले विकास र समृद्धिका विषयलाई साथ–साथै लैजाने कुरा गरेका छन्, यसबाट नेपालले के कस्ता फाइदा लिन सक्छ ?
— कसैले पनि भूगोल बदल्न सक्दैन, यदि कसैले सक्छु भन्छ भने त्यो गलत हो । नेपालको सीमाना तीन तिरबाट भारतसँग रहेको छ त्यो पनि अत्यन्तै सहज किसिमको । उत्तरको भूगोल त्यति सहज छैन । तिब्बतको भूभाग भनेको त्यति सहज भूभाग होइन, अत्यन्तै कठिन छ । त्यसमाथि भूकम्पपछि त्यो साह्रै जर्जर अवस्थामा रहेको छ । त्यसकारण हामी हाम्रो समृद्धिका लागि भारत सरकारसँगको सम्बन्ध अपरिहार्य छ ।

प्रकाशित मिति : २०७४ साल चैत्र ३० गते शुक्रबार ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com