गौर नरकपालिकाबाट नगरपालिका बन्दै

राकेश यादव, रौतहट, २९ चैत । गौर नगरपालिकामा विकास निर्माणका कार्यहरु तीव्र रुपमा सञ्चालन भइरहेका छन् । नेपाल सरकारको शहरी विकास मंत्रालयको सघन शहरी कार्यक्रमअन्तर्गत बाटोको फराकिलो, पुलपुलेसा, कलभर्ट निर्माणका कार्यहरु अगाडी बढाएको हो ।

जनप्रतिनिधिको विहीनताको लामो अवधिमा पूर्वाधारको विकास निर्माणमा पछाडि भएका गौर जनप्रतिनिधि आइसके पछि विकासको कार्यमा फड्को मार्ने तरखरमा अगाडी बढेको हो ।

नगर प्रमुख अजय कुमार गुप्ताले सुन्दर शहर पहिलो प्राथमिकता तथा मेरो चाहना भएको बताएका छन् । निर्वाचनको बेला जनतासँग गरेको बाचा पूरा गर्ने समय आएकोले निर्माणको कार्यलाई निरंतरता दिइएको बताए ।

बिहानैदेखि आफ्नै निगरानीमा बाटो निर्माणको कार्य गराउँदै आएका मेयर गुप्ताले भने नगरबासीको सहयोगको अपेक्षा राखेको छू । नरकपालिकाको रुपमा परिचित रहेका गौर अव स्वच्छ ,सुन्दर ,हरियाली नगरपालिका बन्ने तरफ उन्नमुख हुँदैछ ।

ऐतिहासिक रुपमा रहेका बरहवा ताललाई पर्यटकीय स्थल बनाउने लक्ष्यबाट सौन्दर्यकारणको कार्य पनि हुन लागेको बताउँदै नगर प्रमुख गुप्ताले बाटो विस्तारको कार्य तीव्र बनाइने बताए ।

विगतको समयमा आलोचित हुदै आएको गौर नगरपालिका २ वर्ष पछि आकर्षक ,सुन्दर र एक चोटी भ्रमण गर्नु पर्ने बाध्यातमक अवस्था सृजना गर्ने गौर बन्ने दावी गरे । सरसफाईमा बढी चासो दिने प्रवृतिका भएका मेयर गुप्ता आगामी दिनमा ऐतिहासिक कार्य गर्ने व्यक्तिको रुपमा परिचित हुने विश्वास नगरबासीहरुको रहेका छन् ।

मुख्य सडक जस्तै नगरको सम्पूर्ण सडक बनाउने, नगरको चौतर्फी विकासको लागि रिंग रोडको निर्माण ,भ्यू टावर , घण्टाघर सड़क किनारमा बृक्षारोपण , एकीकृत कर प्रणाली ,शिक्षा ,स्वास्थ्य ,बेरोजगारी समस्या समाधान ,महिला हिंसा मुक्त समाज , बनाउने सपना रहेको गुप्ताले संचारकर्मी सीतको कुराकानीमा बताए ।

उनले भने नगरबासीको विकासको र परिवर्तनको प्रत्याभूति गराउने छू । नगरको मुख्य समस्या ढल निकास रहेको भन्दै गुप्ताले त्यों समस्याको निदान पनि चाडै गरिने प्रतिवद्धता जनाए ।

गौर बाजारमा सञ्चालन रहेका किराना पसलको नियमित अनुगमन गरी शुद्ध खाद्य बस्तु उपभोक्तालाइ उपलब्ध गराउने ,शांति सुरक्षा , ध्वनि प्रदुषण , जटिल विषय रहेकोले यसको प्रति नगरपालिकालाइ ठोस कदम उठ्नु पर्ने देखिन्छ ।

नाला सफाईमा अधिक रकम खर्च भै रहेको हुदा यसको न्यूनीकरणको लागि नाला अगाडी घर भएका व्यक्तिलाइ सुरक्षित रुपमा फोहर मैला जम्मा गर्नु निर्देशनको साथै घर आँगन बढारेर नालामा फाल्ने व्यक्तिको जरिवाना गरिने निति अवलम्बन गरेमा पनि निकासमा समस्या नहुने र दुर्गन्ध समेत उत्पन्न हुँदैन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com