आगलागीबाट १४ घर र पाँच चौपाया जल्यो

बारा, १ बैशाख । महागढीमाई नगरपालिका–११ मधुरी जब्दीमा आगलागी हुँदा १४ वटा घर जलेर नष्ट भएका छन् भने पाँच वटा चौपाया मरेका छन् । स्थानीय भजन रामको घरबाट सल्लकेको आगोबाट धुरेन्द्र राम, रामजी राम, सुरेश राम, रामविश्वास रामलगायत १४ जनाको घर पूर्णरूपमा जलेर नष्ट हुँदा रु २५ लाख ७० हजारको क्षति भएको प्रहरीले जनाएको छ ।

घरमा रहेको अन्नपात, लत्ताकपडा, काठ, भाँडाकुँडा, गरगहना, नगद रुपैयाँसमेत जलेर नष्ट भएको छ । खाना पकाएर आगो ननिभाएका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com