जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

पर्सा, १ बैशाख । पटेर्वासुगौली गाउँपालिका–१ स्थित पर्सा बन्यजन्तु आरक्षण भित्र रहेको दुधेश्वर नाथ महादेब मन्दिर नजिक जंगली हात्तीले आक्रमण गर्दा शुक्रबार २ जनाको मृत्यु भएको छ भने १ जना भाग्ने क्रममा घाइते भएका छन् । हात्तीको आक्रमणबाट बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ३१ बर्षीय कम्लेश सहनी र ठोरी गाउँपालिका–४ शान्तिटोल बस्ने ३५ बर्षीय साग बहादुर दोङको घटनास्थलमै मृत्यु भएको थियो । घाइते सोही ठाउँ बस्ने ३२ बर्षीय बिर बहादुर दोङको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com