सामाजिक परिचालक कर्मचारी संघको अध्यक्षमा ठाकुर

जलेश्वर, १ बैशाख । नेपाल सामाजिक परिचालक कर्मचारी संघ महोत्तरीको पहिलो जिल्ला अधिवेशनले परमेश्वर ठाकुरको अध्यक्षतामा सर्वसम्मतिले १७ सदस्यीय समिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः वविता झा, गंगाप्रसाद ठाकुर र पिंकी सिंह यादवलाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा विवेकानन्द ठाकुर, अरुणकुमार राय, रागनी मिश्र, गोपाल तिवारी, सुनिलकुमार राम, परबेन्द्रकुमार पाठक, शम्भु शर्मा, शान्ता बराल, तेजनारायण यादव, बैजु साह, पंकज मण्डल, सन्धया चौधरी र नविनकुमार सिंहलाई चयन गरिएको अध्यक्ष ठाकुरद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

जिल्लामा रहेका ८९ सामाजिक परिचालकहरुले सर्वसम्मतीबाट समिति चयन गर्दै आन्दोलनको यो समयमा सामाजिक परिचालकको हकहितमा रहेर काम गर्न समितिलाई सुझाव दिएका छन् ।

शनिबार नै भएको उदघाटनसत्रमा प्रमुख अतिथी जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुरेशप्रसाद सिंहले सामाजिक परिचालकहरुलाई असारमसान्तपछि हटाउने भएको निर्णयलाई पुनर्विचार गर्नुपर्ने बताउँदै आफूहरु हरेकसम्भव सहयोग गर्न तयार रहेको बताए ।

नेपाल सरकारलाई आवश्यक परेको बेलामा सामाजिक काममा सहयोग गरेर सामाजिक परिचालकहरुले राम्रो काम र सेवा गरेको बताउँदै आफूले सामाजिक परिचालकको हकहितको निमित्त हरेक मोर्चामा सहयोग गर्ने बताए ।

कार्यक्रमको उदघाटनसत्रमा सामाजिक परिचालक कर्मचारी संघको केन्द्रीय सदस्य सन्देश सिंह, प्रदेश संयोजक शिवशंकर मेहता, बाराका अध्यक्ष सियारामप्रसाद यादव, प्रवेन्द्रकुमार पाठकलगायतका वक्ताहरुले आफूहरुले गरेको कामको अवमूल्यन गर्दै सरकारले असारमसान्तपछि आफूहरुको रोजगारी खोस्ने भएकोले पुनस्र्थापनाका लागि सबैलाई सहयोग गर्न अपिल गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com