धनगढीमा ‘मेरो वर्ष २०७५ अभियान’

कैलाली, १ बैशाख । प्रदेश नं ७ को धनगढीबाट ‘मेरो वर्ष २०७५ अभियान’ सुरु भएको छ । शनिबार मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । सामाजिक विकास मन्त्रालयको परिसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अभियानको शुभारम्भ गर्दै स्वस्थ्य जीवन जीउन दैनिक योगाभ्यास गर्न जरुरी रहेको बताए ।

सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले स्वास्थ्य वर्ष अभियानलाई प्रदेश नं ७ का गाउँ÷वडा तहमा पु¥याउनका लागि मन्त्रालयले विभिन्न योजना र कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए । ‘स्वस्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने मूल नाराका साथ मेरो वर्ष अभियान शुरु गरिएको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com