आपसी समानता र सहमतिको आधारमा पार्टी एकता हुने : खनाल

विराटनगर, १ बैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले आपसी समानता र सहमतिको आधारमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता हुने बताएका छन् ।

उनले ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताएका छन् । उनले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरू संगठनमा आपसी समझदारी चयन गर्ने बताए ।

उनले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पारे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com