कर्णालीको विकासका लागि आधुनिक ढंगले बश्ती विकास गर्नुपर्छ : प्रम ओली

सुर्खेत, २ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको समग्र विकासका लागि यहाँको बस्ती आधुनिक ढंगले विस्तार गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीको सम्मानमा मध्यपश्चिम विश्व विद्यालयले आइतबार आयोजना गरेको स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकट भूगोलका कारण अहिलेकै अवस्थामा सबै जनतालाई विकासका पूर्वाधार पु¥याउन मुस्किल भएकोले आधुनिक ढंगले बस्ती विस्तार गर्नुपर्ने बताएका हुन् ।

“कर्णाली आर्थिक र मानव विकास सूचकांकका दृष्टिले पछाडि परेको छ” प्रधानमन्त्री ओलीले भने “तर सरकारले यस प्रदेशलाई कसरी अगाडि बढाउने भन्ने योजना बनाइरहेको छ ।”

कर्णाली प्रदेशको सिमाना दक्षिणी छिमेकीसंग नजोडिएकोले उत्तरी छिमेकसँग जोडिएका सबै नाका खोल्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कर्णाली प्रदेश दक्षिणी मित्रराष्ट्रसंग जोडिएको छैन” प्रधानमन्त्री ओलीले भने “त्यस कारण उत्तरी छिमेकीसँगका नाका खोल्नुु पर्छ ।”


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com