संविधान संशोधनबिना मधेशको विकास असम्भव : मन्त्री साह

चन्दनकुमार यादव, राजविराज, २ बैशाख । प्रदेश २ का भूमि, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र प्रसाद साहले संविधान संशोधन भएसँगै मधेशको विकासमा गति लिने विश्वास व्यक्त गरेका छन् ।

आइतबार मदरसा फैजाने मदिना अहमदपुर राजबिराज २ द्वारा आयोजित सम्मान कार्यक्रम बोल्दै मन्त्री साहले भने मधेशलाई अधिकार सम्पन्न बनाउन संविधान संशोधन अपरिहार्य रहेकोले केही दिनमै संविधान संशोधन हुने बताए ।

उनले मधेशमा कृषि, शिक्षा, स्वास्थ्य, सिंचाइको विकासमा अरू प्रदेशभन्दा पछाडी परेकोले प्रदेशको विकासका लागि सरकार प्रतिबन्ध रहेको बताए ।

उनले मधेशमा विकासको लहर ल्याउन मधेशलाई समृद्ध बनाउन केही दिनमै प्रदेशको कानुन निर्माण भई अधिकार सम्पन्न प्रदेश निर्माण गर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रदेश २ का सांसद मनिष कुमार सुमनले संविधान संशोधन नहुन्जेलसम्म मधेशका हजारौ जनता नागरिकताबाट वञ्चित रहेकोले संविधान संशोधन नहुन्जेल मधेश अधिकार सम्पन्न नहुने बताए ।

राजविराज २ स्थित भलुवाही नदीको छेउमा रहेको मुस्लिम समुदायले मन्त्री शैलेन्द्र प्रसाद साह, सांसद मनिष कुमार सुमन, राजविराज नगरपालिकाका प्रमुख शम्भु यादव, जिल्ला समन्वय समिति सप्तरीका सदस्य लक्ष्मी साफी, वडा २ का वडा अध्यक्ष अरूण यादव, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादवलाई फुलमाला, गमछा लगाएर सम्मान गरेको छ ।

मदरसा फैजाने मदिना अहमदपुरका अध्यक्ष लाल महमदको अध्यक्षतामा आयोजित सम्मान कार्यक्रममा प्रमुख अतिथि मन्त्री साह, प्रदेश सांसद मनिष सुमन, नगर प्रमुख शम्भु यादवले भलुवाही बस्तीको अनुगमन गरेका थिए ।

सो अवसरमा राजविराज नगरपालिकाका कार्यपालिका सदस्य विपिन कर्ण, वडा सदस्य राजुउदिन खाँ, हरिनारायण देव, समाजसेवी रामदेव यादव, प्रमानन्द यादव, मो. सतार, मोहम्मद अवजल लगायतले वडाको बारेमा जानकारी गराएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com