प्रदेश ५ सरकारले ल्याएको बजेटमाथि ८ सांसदद्वारा छलफल बजेट गाउँपालिकाको जस्तो

चन्द्रकान्त खनाल, रुपन्देही, २ बैशाख । प्रदेश ५ सरकारले ल्याएको बजेटमाथि संसदभित्र आठ जना प्रदेश सांसदले बिचार राखेका छन् ।

प्रदेशसभाले दिउँसो १ बजेका लागि बोलाएको बैठक डेढ घण्टा ढिला गरि सुरु भएको हो । दिउसो १ बजेका लागि बोलाइएको बैठक साढे २ बजेपछि मात्र शुरु भएको थियो ।

आइतबारको बैठकमा चालु आर्थिक वर्षको २ दिन अघि पेश भएको बजेटमा छलफल हुने कार्यसूची छ । बैठकको सुरुमा काग्रेसका प्रदेशसभा सदस्य अष्ठभुजा पाठकले बिचार राखेका थिए ।

उनले सरकारले पहिलोपटक ल्याएको बजेटमा किसानका कुरा कम परेको वताए । सरकारले निकै साघुरो बजेट ल्याएको छ धेरै क्षेत्र छुटेका छन् । त्यस्तै अर्का सांसद कृष्ण ध्वज खड्काले बजेट कार्यान्वयनमा सबै जुट्नुपर्ने वताए । कानुन राम्रो हुने तर नेपालमा व्यवहार उल्टो भैरहेको उनले भने ।

योजना बदल्ने र गोजाबाट योजना आउने कामलाई कडाई गरौं । खड्काले भने । बजेट छलफलमा सहभागी हुँदै सांसद तारा जिसीले प्रस्तुत बजेटले आफूहरुलाइ कुहिरोमा अलमलिएको काग जस्तै बनाएको टिप्पणी गरिन् ।

गाउँपालिकाको बजेट जस्तै छ सरकारको आगामी बजेट पनि आशालाग्दो नहुने संकेत यसले गरेको छ । ’जिसिले भनिन ।हामीलाई बजेटले हास्य पात्र बनायो,केन्द्रकै मुख ताक्नपर्ने भए किन संघीयताको अभ्यास गरेको, संघीयतामा प्रदेशलाइ बजेट अभाब भएको छ, यस्तै भयो हाम्रो पार्टीले भनेजस्तै गरि ढिलोचाडो संघीयता खारेज हुनेछ, जिसीकोे भनाई थियो ।

यस्तै दीर्घ नारायण पाण्डे बजेटले धेरै कुरा समेट्न नसेकेको वताए । सरकारले हतारमा बजेट ल्याउदाको परिणाम यस्तो भएको हो उनले बताए । प्रदेशसभामा धारणा राख्नका लागि एक जना सांसदलाइ ५ मिनेटको समय बिचार राख्नका लागि सभामुख पूर्णबहादुर घर्तीले समय दिएका थिए ।

प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रीको समेत कार्यभार सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले १ अर्व २ करोड ५ लाख रुपैया बराबरको बजेट पेश गरेका थिए । आजको बैठकमा ८ जना

प्रदेश सांसदले बिचार राखे ।बैठक भोली १ बजे बस्नेगरि सकिएको छ । भोलीको कार्यसूचि पनि बजेटमाथिकै छलफल रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com