ठूला व्यवसायीमाथि निगरानीमा राखिने : मन्त्री यादव

काठमाडौं, २ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले कसैसँग पनि पूर्वाग्रह नराख्ने बताएका छन् । उनले बजार अनुगमनलाई प्रभावकारी बनाएर उपभोक्ता अधिकारलाई सम्मान गर्ने बताएका छन् ।

उनले प्रचलित विद्यमान ऐन र कानूनका आधारमा अनुगमनलाई प्रभावकारी बनाइने बताएका छन् । उनले कसैसँग पनि पूर्वाग्रह नहुने बताउँदै भने, “कसैप्रति पूर्वाग्रही हुँदैनौँ, दोषी नठरिएसम्म त्यसलाई कारबाही गर्दैन, रिस उठेको भरमा चोर फटाहा भन्न मिल्दैन ।”

अनुगमनका क्रममा दोषी भेटिए सबै जनताले थाहा पाउने कारबाही गर्ने बताउँदै मन्त्री यादवले ठूला व्यवसायीमाथि निगरानीमा राखिने उल्लेख गरे ।

अनुगमन कार्य कहिल्यै पनि नरोकिने उल्लेख गर्दै उनले अन्तरमन्त्रालय तथा सम्बन्धित निकायबीच समन्वय गर्न बजार अनुगमन निर्देशिकासहित ऐन कानूनलाई परिवर्तन गरेर अगाडि बढ्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com