कांग्रेस कमजोर भएको छैन : सिटौला

सुनसरी, २ बैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनमा कांग्रेस पराजित हुँदै कमजोर नभएको बताएका छन् । उनले वर्तमान परिस्थितिमा कांग्रेसको काँधमा थप जिम्मेवारी आएको बताए ।

इनरुवामा आइतबार आयोजित कार्यक्रममा उनले संघ तथा प्रदेशसभा निर्वाचनमा पराजित हुँदैमा कांग्रेस कमजोर नभएको बताए । पार्टीभित्र पादर्शीताको आवश्यकता रहेको उनले उल्लेख गरेका छन् ।

उनले पार्टीलाई सबै कार्यकर्ताले थाहा पाउने गरी पारदर्शी बनाउनुपर्ने, लोकतान्त्रिकीकरण गर्नुपर्ने बताए । उहाँले कांग्रेसबिना देशको विकास सम्भव नभएका कारण देश विकास गर्न कांग्रेसको काँधमा थप बढी जिम्मेवारी आएको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com