प्रदेश २ को पूर्वाधार विकासप्रति सरकार गम्भीर : मन्त्री महासेठ

वीरगन्ज, २ बैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकार प्रदेश नं २ को पूर्वाधार विकासप्रति गम्भीर रहेको बताएका छन् ।

आवाज एफएफको दोस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री महासेठले यस्तो बताएका हुन् । उनले प्रदेश २ विकासको मामिला पछाडि परेकोले सरकारको प्राथमिकतामा रहेको बताए ।

आवाज एफएमका अध्यक्ष श्याम बञ्जराको अध्यक्षतामा सम्पन्न सो वार्षिकोत्सव कार्यक्रममा प्रदेश नं २ का विधायक ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, पूर्वसांसद विचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारुलगायतले पूर्वाधार विकासका क्रममा निकै पछि परेको प्रदेश नं २ को विकासका लागि संघीय सरकारले पर्याप्त रकम विनियोजन गर्न माग गरेका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com