कृषि अनुदान अब सिधै किसानको हातमा पुग्ने : मन्त्री खनाल

कपिलवस्तु, २ बैशाख । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि अनुदान अब सिधै किसानको हातमै पुग्ने दाबी गरेका छन् । उनले सरकारले उपलब्ध गराउँदै आएको अनदान वास्तविक किसानसम्म नपुगेको दाबीसमेत गरेका छन् ।

उनले कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताएका छन् । मेहनती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधै किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिए ।

आफ्नो निर्वाचन क्षेत्र कपिलवस्तुको मायादेवी गाउँपालिका–७ हरनामपुरमा आइतबार आयोजित खुला दिसामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री खनालले सिंहदरबारबाट निस्कने अनुदानको रकम बीचमै हराउने रोगको अब अन्त्य गरिने दाबी गरे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com