परराष्ट्रमन्त्री ज्ञवाली आज चीन जाने

काठमाडौं, ३ बैशाख । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली ५ दिने भ्रमणका लागि आज चीन जादै छन् । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण तयारी तथा नेपाल चीनबीच भएका सहमति सम्झौताको कार्यान्वयन अवस्थाबारे छलफल ज्ञवाली त्यसतर्फ जान लागेका हुन ।
परराष्ट्र मन्त्रालयले भने मन्त्री ज्ञवालीको भ्रमणलाई सद्भाव भ्रमण भनेको छ । उनी राति ११ वजे चीनका लागि प्रस्थान गर्ने परराष्ट्रले जनाएको छ । विभिन्न विकास परियोजना, आर्थिक सहयोग लगायत चीनसंग यसअघि भएको सहमति र सम्झौता कार्यन्वयन गर्ने विषयमा परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण अर्थपूर्ण हुने बताईएको छ ।
यसअघि भारतको भ्रमण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले लगत्तै चीन जाने तयारी गरेका थिए । यसको तयारी स्वरुप प्रधानमन्त्रीले ज्ञवालीलाई चीन पठाउन लागेका हुन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com