अधिकारकर्मी परियारलाई अम्बेडकर अवार्ड

काठमाडौं, ३ वैशाख । मानव अधिकारकर्मी डा. बिष्णुमाया परियार डाक्टर अम्बेडकर अवार्डबाट सम्मानित भएकी छिन् ।
भारतको संविधानका निर्माता डाक्टर भीम राव अम्बेडकरको १ सय २७ औं बार्षिकोत्सवको अवसरमा डा. परियालाई अमेरिकामा सम्मान गरिएको हो । संयुक्त राष्ट्रसंघको डिपार्टमेन्ट अफ इकोनोमिक्स एण्ड सोसल अफेयर्सको सहकार्यमा फाउण्डेशन अफ ह्युमन होराइजन संस्थाले न्युयोर्कमा आयोजित विशेष कार्यक्रमा डा. परियारलाई सम्मान गरेको हो । यस्तै संस्थाले सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न देशका अभियन्तालाई पनि सम्मान गरेको छ । न्युजर्सी सिटीका मेयरकी सल्लाहकार समेत रहेकी डा. परियारले नेपालमा महिला, दलित र बालबालिकाको सशक्तिकरण र शिक्षाको क्षेत्रमा काम गर्दै आएकी छिन् ।
 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com