काँग्रेस उपसभापतिमा निधिको दाबी

काठमाडौं, ३ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पदाधिकारी नियुक्तिको तयारी गरेका छन् ।
सभापति देउवाले महाधिवेशनको दुई वर्षपछि पार्टी पदाधिकारी मनोयनको तयारी थालेका हुन् । १३ औं महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको दुई वर्ष बितिसक्दा पनि सभापति देउवाले पार्टी पदाधिकारी मनोनयन नगरेको भन्दै पार्टी भित्र चर्को आलोचना हुँदै आएको छ ।
देउवाले उपसभापतिमा विमलेन्द्र निधी र पूर्णबहादुर खड्कालाई महामन्त्री बनाउन लागेका छन् ।
त्यसैगरी सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मालाई बनाउने तयारी भइरहेको छ । यसअघि मिन विश्वकर्मालाई सहमहामन्त्री बनाउन खोजे पनि देउवा गुटभित्रै सहमत नभएको बताइएको छ ।
स्थगित भएको केन्द्रिय समिति बैठक पुनः सुरु भएपछि सभापति देउवा पदाधिकारी मनोनयन गर्ने तयारीमा जुटेका छन् । बैठकबाट पदाधिकारी मनोयनसँगै महासमिति भेलाको मिति तय गर्ने र विधान मस्यौदा समिति बनाउने तयारी छ ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com