मैथिली साहित्यकार तथा गायक पुरस्कृत

सुनसरी, ३ बैशाख । सुनसरीको दुहवी नगरपालिकामा आइतबार मैथली भाषाका गायक रामा मण्डल र स्थानीय समाजसेवी तथा मैथली भाषी साहित्यकार गुलावचन हलुवाइलाई गणपतीदेवि लखनराम अग्रहरी पुरस्कार प्रदान गरिएको छ ।
उक्त पुरस्कार गोरखापत्र दैनिकका पूर्व सम्पादक तथा प्रबन्धक सिताराम अग्रहरीले आफ्नो बुवा र आमाको नाममा स्थापना गरेका हुन् । मण्डल र हलवाईलाई जनही नगद १० हजार नगद प्रदान गरिएको थियो ।
उनीहरुलाई दुहबी नगरपालिका प्रमुख बेदनारायण गच्छदार, पुरस्कारका संस्थापक सिताराम अग्रहरीले पुरस्कार वितरण गरेका थिए ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com