कलकत्तामा नेपाल भवन बन्दै

काठमाडौं, ३ वैशाख । भारतको पश्चिम बंगालको कलकत्तामा बस्ने नेपालीहरूले ‘नेपाल भवन’ बनाउने लक्ष्य लिएका छन् । उनीहरूले कलकत्तामा बसेर नेपाली भाषा, संस्कृतिको संरक्षणका लागि विविध काम गर्न सामुदायिक भवन बनाउन लागेका हुन् ।
भारतको पुरानो राजधानी समेत रहेको कलकत्तामा बसोबास गर्ने नेपालीहरूले भवन निर्माणका लागि झण्डै १२ करोड खर्च हुने अनुमान गरेका छन् । नेपालीहरूले नोतुन हाट, विवेकानन्द पार्क रोड महेशतला कोलकत्ता १४१ मा ८ हजार २ सय वर्ग फिटको जग्गामा नेपाली भवन बनाउन आवश्यक तयारी शुरु गरिसकेका छन् ।
सबै पक्षको सहयोग भयो भने कलकत्तामा बस्ने नेपालीहरुको नेपाल भवन बनाउने सपना पुरा हुने संयुक्त नेपाली वेयलफेयर ट्रष्टका अध्यक्ष खिमराज बराल बताउँछन् ।
भवन निर्माणका लागि संयुक्त नेपाली केन्द्रीय सेवा संघले २००३ मा जग्गा खरिद गरे पछि नेपाल सरकारले वाणिज्य मन्त्रालय मार्फत ६ लाख दिएको थियो भने ४ लाख रुपैयाँ संघले जुटाएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com