राजपा संसदीय दलको नेता तत्काल चयन नहुने

काठमाडौं, ३ वैशाख । राष्ट्रिय जनता पार्टी नेपालका दुई प्रमुख नेता देश बाहिर रहेकाले पार्टीको संसदीय दलको नेता चयन गर्न ढिलाइ भएको छ ।
पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अर्को नेता महेन्द्र राय यादव उपचारका लागि दिल्ली गएका कारण संदियि दलको नेता चयन प्रक्रिया लम्बिएको हो ।
मुटुमा पेसमेकर लगाएका दुवै नेता उपचारका लागि नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भएका छन् ।
दुबै नेता देश बाहिर रहेका कारण संसदीय दलको नेता वैशाख दोस्रो साताअगाडि चयन नहुने सम्भावना रहेको छ ।
यसअघि ७ वैशाखमा कार्यक्रम गर्ने र ८ गते राजनीतिक समितिको बैठक बस्ने तय भएको थियो । तर बैठक बस्ने/नबस्ने निश्चित नभएकाले संसदीय दलको नेता चयनमा ढिलाइ हुने भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com