सैनिक कमाण्ड तथा स्टाफ तालिम शुभारम्भ

काठमाडौं, ३ वैशाख । काठमाण्डौको शिवपुरीस्थित नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा वैशाख ०३ गते सि.सं.२५ कमाण्ड तथा स्टाफ तालिमको बलाध्यक्ष रथी हेमन्त राज कुँवरले एक विशेष समारोहकाबीच शुभारम्भ गरेका छन् ।
उक्त कार्यक्रममा कुँवरले कमाण्ड तथा स्टाफ तालिममा सहभागी शिक्षार्थी अधिकृतहरुलाई सफलताको लागि शुभकामना दिँदै उक्त तालिमले जटिल तथा चुनौतीपूर्ण सुरक्षा अवस्थाहरुको मूल्याङ्कन गर्न, योजना बनाउन र कार्यान्वयन गर्ने क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । कार्यक्रमको शुभारम्भमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी प्रल्हाद थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलो पटक एक जना महिला सहित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ गरी ३ अधिकृतहरुलगायत मित्रराष्ट्र बङ्गलादेश, भारत, लेवनान, माल्दिभ्स, पाकिस्तान, श्रीलङ्का, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका १/१ र चीनबाट २ गरी १० विदेशी शिक्षार्थी सहित जम्मा ६२ जना अधिकृतहरु सहभागी भएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com