आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म नर्भिक इन्टरनेश्नल हस्पिटलबाट नगदरहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले नर्भिक इन्टरनेश्नल हस्पिटलले कम्पनीसँगको सहकार्यमा कम्पनीका ग्राहकहरुलाई बीमालेखमा तोकिएको सीमासम्म क्यासलेस हस्पिटलाइजेशन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी सम्झौता गरेकोमा अस्पतालका संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

साथै सोही अवसरमा नर्भिक हस्पिटलले आफ्ना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आइजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सीमासम्म नगदरहित हस्पिटलाईजेशन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसँग आवद्ध सदस्यहरुलाई औषधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु, व्यापारिक प्रतिष्ठानहरु, उद्योगी तथा व्यापारी लगायत सम्पूर्ण ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै बीमा क्षेत्रमा उच्चकोटीको सेवा प्रदान गर्न व्यवस्थापन प्रतिवद्ध रहेको जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com