मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

रुपन्देही, ३ बैशाख । रोहीणी गाउँपालिका–३ स्थित सडकमा लु।२६ प ४२०३ नम्बरको मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नवलपरासी पाल्हीनन्दन गाउँपालिका–८ बस्ने ८ बर्षीय सोनु बरामलाई सोमबार ठक्कर दिएको थियो ।

ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकोले उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com