मधेश आन्दोलनका थप दुई शहीदपत्नीलाई महानगरमा नियुक्ति प्रदान

वीरगन्ज, ३ बैशाख । वीरगंज महानगरपालिकाका नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले मधेश आन्दोलनको क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहिद दिनानाथ साह गोढकी श्रीमती सोनी देवी साह र शहीद दिपेन्द्र साह तेलीकी श्रीमती सीता देवी साहलाई नियुक्ति पत्र प्रदान गरेका छन् ।

वीरगंज महानगरपालिकाको प्रथम नगर परिषदद्वारा मधेश आन्दोलनका शहीद तथा घाइते परिवारलाई उचित व्यवस्थापन गर्ने निर्णयअनुसार शहीदको पत्नी साह र तेलीलाई नियुक्ति पत्र प्रदान गरिएको हो ।

मधेश आन्दोलनमा प्रहरीको गोली लागि ज्यान गुमाएका पर्सा झौवागुठि निवासी शहिद दिपेन्द्र साह तेलीको श्रीमती सीता देवी र बारा पर्सौनी निवासी शहिद दिनानाथ साह गोढको श्रीमती सोनी देवीलाई वीरगन्ज महानगरपालिका कार्यालयमा सेवा करारअन्तर्गत वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद रेग्मीले नियुक्त गरेका छन् । शैक्षिक योग्यताको आधारमा साहलाई महानगरपालिकाको नगर प्रहरी र तेलीलाई महानगरपालिका कार्यालयमा कार्यालय सहयोगी पदमा नियुक्त गरिएको हो ।

शहिद दिपेन्द्र साहको मधेश आन्दोलन २०६३ को क्रममा प्रहरीको गोली लागि वीरगंजको राधेमाईमा मृत्यु भएको थियो भने शहीद दिनानाथ साह गोढको मधेश आन्दोलन २०७२ को क्रममा लक्षुमनवा चोकमा प्रहरीको गोली लागि मृत्यु भएको थियो ।

मेयर सरावगीले महानगरपालिका कार्यालयको आफ्नै कार्यकक्षमा एक कार्यक्रम गरी नियुक्ति पत्र प्रदान गरेका थिए । नियुक्ति पत्र प्रदान कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुमन श्रेष्ठ, मेयर सरावगीका राजनीतिक सल्लाहकार मुकेश द्विवेदी, नगर कार्यपालिका सदस्य सुशील साह कानु, संघीय समाजवादी फोरम नेपालका नेता शशि कपुर मियाँ, सुधिर पाण्डे, युवा नेता रंजन मिश्रा लगयातको उपस्थिति रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com