१२ वर्षीय रबिनको अद्भुत स्वर

मोरङ, ३ बैशाख । झापाको दमकका १२ वर्षीय रबिन दर्जी (अशोक) अहिले युटयुव र सामाजिक सञ्जालमा भाईरल भएका छन् । नेपालमा चलेका गायकहरुसँग दाँजेर उनको स्वरलाई सार्वजनिक गरिएपछि उनको चर्चा चुलिएको छ ।

सुकुम्बासी परिबारमा जन्मिएर हुर्किएका बालक दर्जीका बुबा ज्याला मजदुरीमा काम गर्छन् । खोलाको छेउमा रहेको उनको सानो फुसको छानो भएको घरमा उनको भेट्न जानेको लर्को समेत बढेको छ ।

झापाको दमक र मोरङको उर्लाबारी आसपासका क्षेत्रमा रहेका होटल तथा फुटपाथमा गित गााउँदै हिंड्ने बालक दर्जी एकाएक सेलिब्रेटी बनेका छन् । उनी केही नेपाली र केही हिन्दी गितहरु जस्ताको त्यस्तै गाउँछन् । उनको स्वरमा अद्भुत जादु रहेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com