बेरोजगार युवाहरु लाभान्वित हुने गरी रोजगार मेला हुने

विराटनगर, ४ बैशाख । बेरोजगार युवाहरु लाभान्वित हुने उद्देश्यका साथ विराटनगरमा तीनदिने रोजगार मेला हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले तीन दिने रोजगार मेलाको आयोजना गर्न लागेको हो ।

बैशाख ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । आइएलओ, रोजगार विभाग, श्रम कार्यालय सूचना केन्द्र समेतको सहयोगमा एलिट क्लबको हाताभित्र सो मेलाको आयोजना हुँदैछ ।

रोजगार मेलामा रोजगारीको अवसर खोज्ने र रोजगारी दिन दक्ष कर्मचारीको खोजी गर्ने, संघसंस्थाबीच समन्वयकारी भूमिका खेल्दै एकापसमा मिलाउन पुलको काम मात्र गर्ने आयोजकले जनाएको छ ।

मेलामा करीब २०० उद्योगीलाई सहभागी गराइने र त्यसबाट करीब ५०० बेरोजगार युवा लाभान्वित हुने अनुमान गरिएको बताइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com