राजपा संयोजक ठाकुरको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं, ४ बैशाख । भारतको नयाँदिल्लीमा उपचार गराइरहेका राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरको स्वास्थ्यमा सुधार भइरहेको छ ।

स्वाथ्य जाँचका लागि गत मंगलबार राजपा संयोजक ठाकुर दिल्ली प्रस्थान गरेका थिए । दिल्लीको मेदान्ता हस्पिटलमा उपचार भइरहेको छ ।

उनको नियमित स्वास्थ्य जाँचको क्रममा एन्जियोग्राफीपछि ब्लोकेज देखिएको थियो । उनलाई तीन वटा स्टेन लगाई दुई दिनसम्म आइसियुमा राखिएको थियो ।

आज बिहान ठाकुरलाई आइसियुबाट केबिनमा सिफ्ट गरिएको राजपाका प्रवक्ता कृष्णा सिंहले जनाएका छन् । प्रवक्ता सिंहका अनुसार ठाकुरको स्वास्थ्यमा धेरै सुधार आएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com