नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैठक दिल्लीमा

काठमाडौं, ४ चैत । नेपाल र भारत ऊर्जा सचिवस्तरीय बैठकमा आज ऊर्जा व्यापार सम्झौता (पीटीए) कार्यान्वयन र इनर्जी बैंकिङबारे छलफल हुँदैछ । भारतको राजधानी नयाँदिल्लीमा हुने बैठकमा यसअघि सहमति भएको ऊर्जा व्यापार सम्झौता र प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा उठेको इर्नर्जी बैंकिङबारे छलफल हुन लागेको हो ।

सोमबार शुरु वैठकमा पूराना प्रशारण लाइनहरुको सहज सञ्चालन र नयाँ प्रशारण लाइनको सम्भावनाको खोजी एवं निर्माणबारे पनि छलफल शुरु भएको हो ।

बैठकमा दुई मुलुकबीच भइरहेको विद्युत् उर्जा खरिद–बिक्रीलाई थप भरपर्दो, सरल र सहज बनाउने तथा प्रसारण लाइनको अधिकतम उपयोग र सम्भावित नयाँ प्रसारण लाइनहरूको निर्माण तथा इनर्जी बैंकिङका सम्बन्धमा छलफल भएको थियो ।

बैठकमा १३० किमि लामो बुटवल–गोरखपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन निर्माणलाई गति दिनुपर्नेमा जोड दिइएको थियो । मंगलबार बस्ने सचिवस्तरीय बैठकमा पनि सम्भवत यिनै विषयमा छलफल हुने छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com