एमाले–माओवादीको एकता ९ गते नहुने

काठमाडौं, ४ बैशाख । नेकपा एमाले–माओवादी केन्द्रबीच बैशाख ९ गते हुने भनिएको पार्टी एकता नुहुने करिब पक्का भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेका दुई दलको बैठक तयारी नपुगेको भन्दै वैशाख ९ मा पार्टी एकता नगर्ने निष्कर्षमा पुगेको हो ।

‘नमिलेका विषय टुंगो नलागेकाले ९ गते पार्टी एकता नहुने भएको छ, विवादको टुंगो लगाउने जिम्मा दुई पार्टीका अध्यक्षलाई दिने सहमति भएको छ ’ वैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने ।

दुई अध्यक्ष वान टु वान बस्ने र दुई प्रतिवेदनलाई छलफल गरेर समाधान गर्ने श्रेष्ठले भने । उनले विवादका विषय नभएपनि विषयहरुलाई अन्तिमरुप दिन बाँकी रहेको बताए ।

बैठकले एकताका लागि मिल्न बाँकी विषयमा अन्तिम टुङ्गो लगाउने जिम्मा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ ।

समितिको अर्को बैठकमा एकताको मिति तय गरिने पनि माओवादी केन्द्रका नेता श्रेष्ठले जानकारी दिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com