ग्लोबल आइएमई दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ हुने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गरेको दोश्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ को मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ । बैंकसँग सम्झौता भएसँगै अवार्डको नाम “ग्लोबल आइएमई राष्ट्रिय फोटो पत्रकारीता अवार्ड २०७४” हुने छ ।
लाइफटाइम अचिभमेन्ट फोटो पत्रकारिता अवार्ड पनि ग्लोबल आइएमई बैंककै नामबाट वितरण गरिने भएको छ । मंगलबार आयोजक संस्थाका संयोजक प्रदिपराज वन्त र बैंकको तर्फबाट प्रमुख बजार व्यवस्थापक गणेश अवस्थीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
लाइफ टाइम अचिभमेन्ट अवार्डबाट एक जना बरिष्ठ फोटो पत्रकारलाई नगद पुरस्कार ५० हजार सहित ट्रफी र सम्मानपत्रले सम्मानीत गरिनेछ । १२ विधाका अवार्ड पुरस्कार नेपाल आर्मी क्लबको हलमा आगामी बैशाख १३ गते वितरण गरने छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com