सिटिजन्स बैंक १२ वर्षमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १२ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले केन्द्रीय कार्यायलमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । सो अवसरमा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले बैैंकले ११ वर्षमा ६८ शाखा र ६८ एटिएमबाट ग्राहकलाई बैंकिङ सेवा दिइरहेको बताए ।
बैंकले आर्थिक वर्ष ०७४ र ७५ को तेस्रो त्रैमाससम्ममा ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब १७ करोड ७४ लाख सञ्चालन र एक अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैंकले १५ जना गरिब तथा जेहेन्दार विद्याथीलाई एक लाख ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले स्नो याक फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग गरेको छ । यस्तै, कीर्तिपुरस्थित बेबी लाइफ होमलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।
त्रिवेणी सामुदायिक पुस्ताकलय तथा स्रोत केन्द्र भीमढुंगालाई बैंकले ५० हजार र दीर्घायु गुरु हस्पिटल एन्ड रिसर्च सेन्टरलाई पाँच थान फ्रिज प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com