बुद्धले फेरि नयाँ विमान थप्दै

काठमाडौं । बुद्ध एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ ।
नयाँ जहाजको कलसाइन ९ एन–एएमयु हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिन्छ ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय एयरट्राफिकका कारण विशेषतस् घरेलु उडानहरु समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो ।
नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ ।
प्रदेश नं. २ को राजविराज विमानस्थलको स्तरोन्नती लगभग पूरा हुन लागेको छ । त्यहाँ विमानलाई तेल भर्नको लागि पनि बुध्द एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आवश्यक तयारीपछि बुद्ध एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ ।
यो जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी रहेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com