सिरहा र कपिलवस्तुको गाउँमा प्रभु बैंक सञ्चालन

काठमाडौं । प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. ३ स्थित बैंकको बरियारपट्टी शाखा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतोबाट एक समारोहकाबीच उद्घाटन भएको हो ।

त्यसैगरी, कपिलवस्तु जिल्ला विजयनगर गाउँपालिका वडा नं.६ स्थित विजयनगर शाखा बिजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापा मगरबाट उद्घाटन भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com