भारतीय प्रधानमन्त्री मोदीलाई मुक्तिनाथमा पनि नागरिक अभिनन्दन गरिने

काठमाडौं, २५ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा नागरिक अभिनन्दन गरिने भएको छ । नेपालको दुईदिने राजकीय भ्रमणमा आउने मोदी बैशाख २९ गते मुक्तिनाथ जानेछन् ।

उनको सम्मानमा मुस्ताङवासीले मुक्तिनाथमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम तय भएको जिल्ला स्तरीय स्वागत समितिका सहसंयोजक एवं बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष इन्द्रधारा विष्टले जानकारी दिए ।

उनका अनुसार हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथमा आउने मोदी उच्च विदेशी पाहुना भएकाले उनको सम्मानमा नागरिक अभिनन्दन गरिन लागिएको हो । मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको छ ।

बैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नु हुनेछ । पूजापाठ अघि नै उनलाई नागरिक अभिनन्दन गरिनेछ । मोदी आउने भएपछि मुस्ताङ र म्याग्दीको सिमाना घाँसा, मनाङको थोराङ पासमा सुरक्षा गस्ती बढाइएको छ ।

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी मुस्ताङको मुक्तिनाथमा मिनि आइसियु कक्ष स्थापना गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com