नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप किन फरक पर्यो भन्दै तीनदिने स्पष्टीकरण माग

काठमाडौं, ३१ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार बिगारेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित निकायसँग स्पष्टीकरण माग गरेको छ ।

नेपालको झण्डा बिगारेको भन्दै प्रदेश २ का मुख्यमन्त्रीको चर्को आलोचना भएको थियो । प्रतिनिधिसभाको बैठकमा पनि विभिन्न राजनीतिक दलका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप कसरी निर्धारितभन्दा फरक पर्यो भन्दै प्रदेश २ का सरकारका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, धनुषाका प्रमुख जिल्ला अधिकारी र जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग तीन दिनभित्र स्पष्टिकरण मागिएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com