प्रदेश २ का मुख्यमन्त्रीको अभिव्यक्ति जनताको भावना : सहअध्यक्ष कर्ण

काठमाडौं, १ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका सहअध्यक्ष लक्ष्मणलाल कर्णले जनकपुरधाममा नागरिक अभिनन्दनको क्रममा प्रदेश २ का मुख्यमन्त्रीले दिएको अभिव्यक्ति वास्तविकतामा आधारित रहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका कर्णले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बोलेका कुरा जनताको भावना रहेको बताए । उनले मुख्यमन्त्रीले यसलाई सच्याउनुपर्ने आवश्यकता नरहेको समेत बताए ।

साथै उनले भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण सफल र फलदायी भएको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com