मुख्यमन्त्रीको अभिव्यक्ति मधेश राजनीतिको कोर्शकरेक्सनको संकेत : तमराप

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनको क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिलाई तराई मधेश राष्ट्रिय परिषद्ले स्वागत गरेको छ ।

राउत अभिव्यक्ति कुनीटिक मर्यादा विपरीत वा राष्ट्रिय स्वाभिमान विपरीत नभएको तर्क परिषद्ले गरेको छ । परिषद्ले मंगलबार एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीको अभिव्यक्ति मधेश राजनीतिको कोर्शकरेक्सनको संकेत रहेको उल्लेख गरेको छ ।

‘मुख्यमन्त्री राउतले मधेशको मुद्दा र संविधानमा रहेको विभेदका कुरालाई थप अन्तर्राष्ट्रियकरण गर्न उपयोग गर्नु भएकोले हामी सम्पूर्ण तराई मधेश राष्ट्रिय परिषद् परिवारको तर्फबाट साधुवाद दिन चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com