सिसि क्यामेरा जडानका लागि १५ लाखको चेक हस्तान्तरण

वीरगंज, १ जेठ । वीरगंज महानगरपालिकाको सुरक्षा र सरसफाइलाई सुदृढ बनाउन महानगपालिकाले उद्योग वाणिज्य संघलाई १५ लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

वीरगंज महानगपालिकामा आयोजित एक कार्यक्रमबीच नगर प्रमुख (मेयर) विजय कुमार सरावगीले वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मालाई १५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

वीरगंजको सुरक्षा तथा सरसफाइलाई नियमित अनुगमनका लागि वीरगंज महानगरलाई सिसि केमराको पूर्ण निगरानीमा राख्ने योजना अनुसार उद्योग वाणिज्य संघलाई महानगपालिकाले आर्थिक सहयोग प्रदान गरेको हो ।

वीरगंज महानगरपालिका उद्योग वाणिज्य संघ र विभिन्न कारपोरेट तथा औद्योगिक घारानाहरुको आर्थिक सहयोगमा क्रमिक रुपमा वीरगंजको सबै ठाउँहरुमा सिसि क्यामेरा जडान गर्ने योजना रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com