जगतगुरु शंकराचार्य जेठ ६ गते वीरगंज आउने

वीरगंज, १ जेठ । नेपालको आर्थिक राजधानी एवं ऐतिहासिक शहर वीरगंजमा जेठ ६ गते जगत गुरु शंकराचार्य पुज्यपाद स्वामी श्री निश्चलानन्द सरस्वती महाराज आउने भएका छन् ।

रानीसती धर्मशालामा पत्रकार सम्मेलनको आयोजना गरि स्वागत मूल समितिका अध्यक्ष एवं समाजसेवी अशोक वैद्यले जानकारी दिँदै भने जगतगुरु शंकराचार्य जेठ ६ गते वीरगंजमा आगमन हुने र साँझ ४ बजे घण्टाघरमा भव्य स्वागत गरिने, वीरगंजको ऐतिहासिक एवं प्रशिद्ध गहवा माई मन्दिर, अलखिया मठ, महावीर मन्दिरमा विशेष पूजापाठ गर्नुका साथै शोभा यात्रासहित नगर परिक्रमा गरि गोपाल मण्डली धर्मशालामा समापन गरिने जनाइएको छ ।

वैद्यका अनुसार जेठ ७ गते विहान ९ः३० बजे शंकराचार्यसँग दर्शन भेट, १०ः३० बजे दिक्षा एवं १२ः०० बजे पादुका पुजन गर्ने र साँझ ४ बजे आर्दश नगर रंगशालामा हिन्दू धर्म जागरण सभा एवं नागरिक अभिनन्दन गर्ने साथै बेलुकी ७ बजे जगत गुरु शंकराचार्यको पत्रकार सम्मेलन गोपाल मण्डलीमा गर्ने र जेष्ठ ८ गते विहान ८ बजे विशेष विदाई समारोह गर्ने जानकारी दिए ।

जेठ ७ गतेको विशेष कार्यक्रममा प्रदेश नं. २ प्रमुख महामहिम रत्नेश्वरलाल कायस्थको विशेष उपस्थिति रहने छ । कार्यक्रम सफल एवं भव्य, सभ्य बनाउनका लागि समाजसेवी अशोक वैद्यको अध्यक्षतामा १५१ सदस्यीय स्वागत मूल समिति समेत गठन गरेको छ ।

पत्रकार सम्मेलनमा स्वागत मूल समितिका उपाध्यक्ष माधव राजपाल, सचिव द्धय डा अनिल झा, मदन गुप्ता, हिन्दु परिषद् नेपालका केन्द्रिय अध्यक्ष एवं स्वागत मुल समितिका मिडिया प्रमुख संतोष पटेल, पादुका पुजन समितिका संयोजक पंडित पुरुषोत्तम दुुबे, हिन्दु परिषद नेपाल पर्सा जिल्लाका अध्यक्ष एवं दिक्षा समितिका संयोजक धर्मेन्द्र पटेल, स्वागत समितिका सदस्य एवं सानो पाइलाका कार्यक्रम निर्देशक अजितम पाण्डे, स्वागत समितिका सदस्य एवं हिन्दु परिषद नेपालका केन्द्रिय सदस्य लालबाबु कुर्मी सहित अन्य सदस्य एवं संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

जगतगुुरु शंकराचार्यको तीनदिने वीरगंज कार्यक्रमलाई भव्य अन्य ऐतिहासिक बनाउन स्वागत मूल समितिका अध्यक्ष अशोक वैद्यले यस भेगका राजनीतिक दलका अगुवा, समाजसेवी, नागरिक समाज, संचारकर्मी, प्रहरी प्रशासन एवं सरोकारवाला संघसंस्थाहरुलाई कार्यक्रम सफल बनाउन अनुरोध गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com