प्रधानमन्त्रीलाई प्रदेश २ का सांसदहरुद्वारा ज्ञापन

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीलालाई प्रदेश २ का प्रतिनिधिसभा सदस्यहरुले ज्ञापनपत्र दिएका छन् । प्रदेशको आर्थिक विकास र समृद्धिका लागि प्रदेश २ का सांसदहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

प्रदेश २ का सांसदहरुको सर्वदलीय ज्ञापनपत्रलाई मंगलबार बालुवटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले तीव्र विकास गर्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले देशको विकासका लागि हिमाल, पहाड र तराईका जनता एकताबद्ध भएर अघि बढ्नु पर्ने बताए । “विकासका लागि अरुको मुख ताक्ने र दोष अरुलाई दिएर आफू उम्कने होइन” प्रधानमन्त्री ओलीले भने “विकासका लागि आफैं अग्रसर हुनुपर्छ । अरुको मुख ताकेर पनि हुँदैन ।”

तराई/मधेशको ठूलो जनसंख्या विदेशमा गएर काम गरिरहेकोले त्यो जनसंख्यालाई स्वदेशमै फर्काएर काममा लगाउनु पर्ने प्रधानमन्त्री ओलीले धारणा राखे ।

सरकार देशमा सुशासन, भ्रष्टाचार नियन्त्रण, शान्ति सुव्यवस्था कायम गर्न लागि परेको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले देशमा कृषिबाट क्रान्ति सम्भव हुने बताउँदै “हरेक प्रदेशमा विशेष जोनहरु स्थापना गर्नु पर्दछ ।”

देशमा प्रशासनिक खर्च धेरै भएर विकासमा केही कठिनाइ भएको प्रधानमन्त्री ओलीको भनाइ छ । सांसदहरुले प्रदेश नं २ मा कृषि तथा सिंचाइ, उद्योग, पर्यटन, यातायात, स्वास्थ्य, चुरे संरक्षण तथा नदी नियन्त्रण लगायतका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए ।

यसैगरी शिक्षा तथा खेलकुद, महिला हिंसा, जनता आवास कार्यक्रम, अन्तर्राष्ट्रिय स्तरको सभाहल तथा प्रधानमन्त्रीसँग तराई मधेश विशेष कार्यक्रम सञ्चालन गर्न माग गरेका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com