वीरगन्ज महानगरका मेयरद्वारा दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान

वीरगंज, १ जेठ । वीरगंज महानगपालिकाले संचालन गरेको विद्यालय भर्ना कार्यक्रमअन्तर्गत दलित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । वीरगंज महानगपालिकाको वडा नम्बर २४ रामगढवामा रहेको श्री शारदा उच्च माध्यमिक विद्यालय बहुअरी सुगौलीमा अध्ययनरत डोम जातिका बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।

विद्यालयमा मगंलबार आयोजित कार्यक्रममा श्रीसिया टोलका दुई दर्जन डोम जातिका बालबालिकाहरुलाई महानगर प्रमुख विजय सरावगीले शैक्षिक सामग्री प्रदान गरेका छन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले राज्यबाट पछाडि पारिएको मधेशको उत्थानका लागि शिक्षा र स्वास्थ्यमा व्यापक सुधारको आवश्कता रहेको धारणा व्यक्त गरेका थिए ।

उनले विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई शिक्षा प्रदानका लागि महानगरपालिकाले संचालन गरेको विशेष भर्ना अभियान कार्यक्रमलाई सफल बनाउन सबै वडावासी समेतको पूर्ण दायित्व रहेको बताए ।

नगर प्रमुख सरावगीले विभिन्न कारणवश समाजबाट पछाडि पारिएका दलित तथा जनजातिका बालबालिकाहरुलाई शिक्षामा लाग्ने आवश्क रकम सबै महानगपालिकाले आर्थिक सहयोगको रुपमा प्रदान गरिने व्यवस्था महानगरपालिकाले गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

उनले विद्यालयहरुमा रहेको विकृतिहरुलाई पूर्णरुपमा निरुत्साहित गर्नुपर्ने व्यापक आवश्कता रहेको बताउँदै ४५ दिन भित्र व्यवस्थापन समिति गठन नभएका विद्यालयहरुको तलब बाहेको सबै निकासाहरुमा रोक लगाउने बताए । अभिभावक समूहका अध्यक्ष गोपिचन्द प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com