मेयरकपको उपाधिमाथि मेयर टीमको कब्जा

राकेश यादव, रौतहट, १ जेठ । रौतहट जिल्लाको ईशनाथ नगरपालिका अन्तर्गत औरैयामा संचालित मेयर कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि मेयर टिमले जितेको छ ।

स्थानीय जनता, माध्यमिक विद्यालयको प्रांगणमा मंगलबार भएको फाइनल खेलमा मेयर टीमले वडा नम्बर ५ लाई १० विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

नगरपालिका कार्यालयले आयोजना गरेको प्रतियोगितामा ५ नम्बर वडाले जितका लागि दिएको ९८ रनको सामान्य लक्ष्यको पूरा गर्नका लागि बलेवाजी गर्न मैदानमा उत्रेका मेयर टीमका सलामी बैट्समैन दिनकर महतो र नीरज साहको जोडीले आक्रामक बैटिंग गर्दै ८ ओभरमै लक्ष्य पूरा गर्दै प्रतियोगिताको विजेता टीम बन्न सफल भएका थिए । विजेता टीमका साहले व्यक्तिगत ६२ रन र महतोले ३६ रन बनाएका थिए ।

टस जितेर पहिलो बलेवाजी गरेका वडा नम्बर ५ का टीमले सबै विकेट गुमाउदै ९७ रनको सामान्य स्कोर खडा गरेको थियो । प्रतियोगिताको विजेता र उपविजेता टीमलाई शील्ड नगदसहित प्रमाण पत्रले मेयर मेहता र उपमेयर हुस्न आरा खातूनले पुरस्कृत गरेको आयोजक समितिले जनाएको छ ।

मैचमा तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरे वापत दिनकर महतोलाई मैन आफ दी सीरीज तथा नीरज साहलाई बेस्ट बैट्समैनको पुरस्कारबाट पुरस्कृत गरिएको छ ।

पुरस्कार वितरण समारोहको सम्बोधन गर्दै मेयर मेहताले प्रतियोगिताबाट खिलाडीको खेलप्रतिको उच्च मनोबल बढेको बताएका छन् । खेलकूद प्रतियोगिता आयोजनाले खेलाडीहरुको खेलप्रतिको लगनशीलता तथा खेल प्रदर्शन गर्ने मौका मिल्ने भएकोले यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट शाखा लगायत संचारकर्मी राकेश यादव, प्रवीण टिवड़ेवाल, प्रेमचन्द्र झालाई सम्मान गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com