फोरमका सांसदको प्रश्न, ‘हामी आफ्नो समस्या राख्दा कसरी कुटनीटिक मर्यादा विपरीत ?’

काठमाडौं, २ जेठ । ‘आप कत्ल करे तो कुछ भी नहीं, हम आँह भरे तो कातिल ?’ हिन्दीमा शायरी भन्दै संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिप्रश्न गरेका छन् ।

प्रतिनिधिसभा सदस्य बैठकमा सम्बोधन गर्दै बाँके क्षेत्र नं. २ बाट निर्वाचित सांसद् मो.इस्तियाक राईले विगतमा यहाँका राजनीतिक दलहरुले विभिन्न शान्ति सुरक्षाका लागि भारतमा गएर सम्झौता गर्ने, विभिन्न राजनीतिक आन्दोलनमा भारतको सहयोग लिँदा कुटनीतिक मर्यादा विपरीत थिएन भन्ने जिज्ञासा राखेका छन् ।

उनले प्रदेश २ का मुख्यमन्त्रीले आफ्नै भूमिमा आफ्नो समस्या राख्दा कुटनीतिक मर्यादा विपरीत नभएको दाबी गरेका छन् । उनले प्रदेश २ मुख्यमन्त्रीले मधेशको समस्यालाई अन्तर्राष्ट्रिय फोरममा राख्न खोजेको जिकिर गरेका छन् ।
उनले प्रदेश २ का मुख्यमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनु आवश्यक नरहेको बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com