प्रगतिशील लेखक संघ भारतको प्रतिनिधिमण्डल नेपालमा

काठमाडौं, २ जेठ । राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधिमण्डलले प्रेस काउन्सिलमा अवलोकन भ्र्रमण गरेको छ । सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादा मालाले पाहुना टोलीको स्वागत गर्दै आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्धजीवन्त रहने धारणा राखे ।

राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुईदेशका लेखक, पत्रकारहरुवीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गरे ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंहले भ्रमण दलका सदस्यहरुको संयोजन गरेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्दप्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाललगायतको सहभागिता रहेको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com