जनता–मेयर आमने–सामने कार्यक्रम सम्पन्न

वीरगंज, २ जेठ । जनता–मेयर आमने–सामने कार्यक्रमको तेश्रो शृंखला बुधबार वीरगंज महानगरपालिकाको वडा नं. २८ बगहीमा सम्पन्न भएको छ । वडा–वडामा पुगेर जनता संग प्रत्यक्षरुपमा भेटघाट गरि समस्या बुझ्न मेयर सरावगीले उक्त कार्यक्रम सुरु गरेका छन् ।

बगही स्थित बर्थिंग सेन्टरमा आयोजित जनता(मेयर(आमने सामने कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सरावगीले महानगरको विकास निर्माणका कार्यहरु तीव्रता साथ अगाडी बढिरहेको बताए । उनले शिक्षा र स्वास्थ्यका लागि आगामी आर्थिक वर्षमा विशेष बजेट ल्याउने घोषणा समेत गरेका थिए ।

मेयर सरावगीले सम्पूर्ण वडावासीहरुलाई आआफ्नो सन्तान विशेष गरि छोरीहरुलाई विद्यालय पठाई शिक्षा प्रदान गर्न आग्रह गर्दै छोरीलाई विद्यालय पठाए दुई घर शुखि हुने बताए । मेयर सरावगीले छोरीलाई विद्यालय नपठाउने अभिभावकहरुलाई महानगरले प्रदान गर्ने कुनै सेवा सुविधाहरु उपलब्ध नगराइने समेत जानकारी गराए ।

त्यसैगरी मेयर सरावगीले बगहीको बेरोजगारीको समस्यालाई समाधान गर्न छिट्टै बगहीमा एउटा बायो ग्यास प्लान्ट स्थापन गरि त्यहाँको युवाहरुलाई रोजगारी दिने बताए । उनले बगही नजिकै रहेको बौगी खोला र त्यहा रहेको ऐलानी जग्गालाई व्यवस्थापन गरि मंरनाजनात्मक चिल्ड्रेन पार्क निर्माणको कार्यहरु तिब्र गतिमा बताउदै आगामी दुई महिनामै महानगरपालिकाबाट सुरु गरिएको सृजनात्मक विकास निर्माणका कार्यहरु नगरवासीले महासुसु गर्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com