निर्वाचन क्षेत्र विकास कोषका नाममा रकम माग

चन्द्रकान्त खनाल, रुपन्देही, २ जेठ । प्रदेश सभाको नीति नियम बनाउने प्रमुख जिम्मेवारीसहित निवाचित भएका प्रदेश ५का सांसदले निर्वाचन क्षेत्र विकास कोषका नाममा रकम माग गरेका छन् ।

प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेलले पेस गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्ने सबै दलका सांसदले आफु अनुकुलको योजना कार्यान्वयन गर्न बजेट माग गरेका हुन् ।

संघ, प्रदेश र स्थानीय सरकारले ठूला योजनामा चासो र ध्यान दिने भएकाले जनताको दैनिकीसँग जोडिने साना योजनाका लागि संसद विकास कोष बनाएर सांसदलाई नै बजेट दिनुपर्ने उनीहरुको तर्क छ।सोमबार प्रस्तुत विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि मंगलबार र बुधबार धारणा राख्ने सबैजसो दलका अधिकांश सांसद्हरुले संसद विकास कोष रहने गरी नीति कार्यक्रम र बजेट ल्याउन सुझाव दिए ।

प्रदेश सभा सदस्यहरु धर्मबहादुर लाल श्रीवास्तव, रामजीप्रसाद घिमिरे, तिलकराम शर्मा, नारायणप्रसाद आचार्य, युवराज खनाल, तुलाराम घर्ती, अष्ठभूजा पाठक, अर्जुन श्रेष्ठलगायतले बोल्दै निर्वाचन क्षेत्र विकासका लागि संसद विकास कोष आवश्यक रहेको बताए ।

सांसद तुलाराम घर्तीले भने हामी सांसदको हातमा केही अधिकार रहनुपर्छ । सांसदहरूले विकास निर्माणको अपेक्षा गरेका जनताले सांसदको हातमा केही अधिकार नदेखेपछि सम्पर्क र सम्बन्ध नै टुट्ने भन्दै बजेटको व्यवस्था गर्न माग गरे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com