घर निमार्णमा लेवर काम गर्ने एक युवक माथि गोलि प्रहार

रुपन्देही, २ जेठ । तिलोत्तमा नगरपालिका वडा नं ५ मा घर निमार्णमा लेवर काम गर्ने एक युवक माथि गोलि प्रहार भएको छ । घर निर्माणका लागि अस्थायी रुपमा बस्दै गरेको स्थानमा खाना बनाईरहेको अवस्थामा ति युवकलाई अज्ञात समुहले गरेको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

युवकको ढाडमा गोली लागेको छ । गम्भिर घाइते युवकलाई क्रिमसन अस्पताल मणिग्राममा सामान्य उपचार पश्चात अहिले मेडिकल कलेज भैरहवामा लगिएको छ । घाईतेको नाम रामकृष्ण ढकाल रहेपनि उनको पुर्ण बिवरण लिदै गरेको प्रहरीले जनाएको छ ।

घटना पश्चात मणिग्रम क्षेत्रमा ब्यापक प्रहरी परिचालन गरिएको छ । कुनै रिसिभिले युवकलार्ई गोली हानेको आशंका प्रहरीले गरेको छ । घटनामा सम्लग्नको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्ष श्याम ज्ञवालीले वताए ।उनले घटनामा सम्लग्न तत्काल उम्किएको भएपनि उम्कन नसक्ने गरी प्रहरी परिचालन गरीसकेको दाबी गरे ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com