प्रधानमन्त्रीद्वारा बालुवाटारमा वृक्षारोपण

काठमाडौं, ३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन आश्रित स्मृति दिवस तथा पार्टी एकताको खुशीयालीमा बिहीबार बालुवाटारमा वृक्षारोपण गरेका छन् ।
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले एक÷एक वटा जीन्को वाइलोवानामको विरुवा रोपेका हुन् । पार्टी एकता संयोजन समितीका अन्य नेताहरुले पनि विभिन्न फलफूल तथा जडिबुटीका विरुवा रोपेका थिए । जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com