एनसेलद्वारा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रियक्याम्पस पुल्चोकमाविभिन्नतीन संकायमाअध्ययन गरीरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्तितथाउत्कृष्टता सम्मानप्रदान गरेको छ । युवाप्रतिभालाई प्रोत्साहनगर्दै राष्ट्रलाई दक्षजनशक्तिविकासमा योगदान पुर्याउने व्यावसायीक सामाजिक उत्तरदायित्वपहलअन्र्तगतएनसेलले यी छात्रवृत्तितथाउत्कृष्टता सम्मानप्रदान गरेको हो ।
यस पहलअन्र्तगत, एनसेलले ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथाकम्युनिकेसन र कम्प्युटर संकायकावार्षिक परीक्षामाउत्कृष्ट नतिजाहासिल गरेका विद्यार्थीहरुलाई प्रत्येक वर्ष एनसेल छात्रवृति र सबै भन्दा बढि अंकल्याई यी संकायबाट स्नातक उतीर्ण गरेका विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मानप्रदानगर्दै आएको छ ।
एक समारोहकाबीच ईन्जिनियरिङ्ग अध्ययन संस्थान, केन्द्रियक्याम्पस पुल्चोककाक्याम्पस प्रमुखप्रा.डा. गोकर्ण बहादुर मोत्रा, सहायकक्याम्पस प्रमुखजीतेन्द्र कुमार मानन्धर र एनसेलकाप्रतिनिधीहरुले संयुक्तरुपमाविद्यार्थीहरुलाई एनसेल छात्रवृत्तितथा सम्मानप्रदान गरेका थिए । १२ वटा शीर्षक अन्तर्गत ईलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथाकम्युनिकेसन, र कम्प्युटर संकायका १२ जनाविद्यार्थीलाई एनसेल छात्रवृत्तिप्रदानगरिएको थियो । साथै उत्कृष्ट नतिजाल्याई यीतीन संकायबाट स्नातक उतीर्ण गरेका चार जनाविद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको थियो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com